Kathmandu Press

२८ लाख घुससहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर पक्राउ

२८ लाख घुससहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर पक्राउ

रामेछाप, कात्तिक २ :रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन् । पक्राउपर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रु १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली– १ स्थित इञ्जिनीयरको निवासबाटै आज नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्