Kathmandu Press

एमसिसी पारित हुनुअघि ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेका थियाैं : नारायणकाजी श्रेष्ठ

बुधबार माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन्।
एमसिसी पारित हुनुअघि ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेका थियाैं : नारायणकाजी श्रेष्ठ

काठमाडाैं, कात्तिक २ : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरुले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन्।

बुधबार माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन्।

नेता श्रेष्ठले उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी भएको बताए। यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र आफूसहितका केही नेताहरु सहभागी भएको उनले बताए।

माओवादी एमसीसी फेल गर्ने पक्षमा भएपनि ओलीले विफल पार्न साथ नदिँदा व्याख्यात्मक टिप्पणीसहित पारित गरेको श्रेष्ठले बताउनुभयो। आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरुले पहल गरेको भए पनि एमाले अध्यक्ष ओलीका कारण त्यो सफल नभएको उल्लेख गरे।

त्यस्तै गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरुको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताए।  उनले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी गरे। मुलुकको एजेन्डा र विचारको हिसाबले  माओवादीभन्दा अर्को कुनै शक्ति नभएको श्रेष्ठले जिकिर गरे।

त्यस्तै नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताए। उनले अन्तिम समयमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने निर्णय लिनुको कारण जनयुद्धको लिगेसीसँग जोडिएको बताए।

जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय कमिटीको तयारी बैठक गोरखामा भएको र जनयुद्ध सुरुवातको आवश्यक फौजी तयारी पनि त्यहीँ गरिएकाले प्रचण्डले गोर्खा रोज्नुभएको उल्लेख गए।

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्