बझाङमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु
मष्टा गाउँपालिका–४ को चिउरीमा आज (बुधबार) दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र. ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमैमृत्यु भएको प्रहरीले जनाएको छ।
धनगढी, कात्तिक २ : बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
मष्टा गाउँपालिका–४ को चिउरीमा आज (बुधबार) दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र. ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएकोजिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।
जिप टुक्राटुक्रा भएको जनाइएको छ। मृतकहरूको सनाखत हुँन बाँकी रहेको जनाइएको छ।
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको मष्टा गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। सो जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको जनाइएको छ।
‘
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परेको जिपबाट चार जनाको शव निकाएको छ। घाइतेहरुलाई अस्पताल पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










