Kathmandu Press

पुरुष भलिबलमा आर्मी र एपीएफ फाइनलमा

पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो। आर्मीले ३–१ को सेटमा जित निकालेको हो।
पुरुष भलिबलमा आर्मी र एपीएफ फाइनलमा

काठमाडाैं, कात्तिक २ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो। आर्मीले ३–१ को सेटमा जित निकालेको हो।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट भने २१–२५ ले गुमाएको थियो। तेस्रो सेट र चौथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पारेर आर्मीले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो।

त्यस्तै अर्को सेमिफाईनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको हो। एपीएफ ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेट २७–२५ र २५–१२ ले जितेर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

एपीएफले स्वर्णका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग बिहीबार खेल्नेछ। कास्य पदकका लागि गण्डकीले र पुलिस भिड्नेछन्।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्