एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण
पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो। पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामी सम्मलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो।
कास्की, कात्तिक २ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन्।
पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो। पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामी सम्मलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो।
एथलेटिक्सको ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमाल र महिला तर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन्। निर्धारित दुरी १ मिनेट ५५.५२ सेकेन्डमा पुरा गर्दै सोमले स्वर्ण जितेका हुन्। महिला तर्फको खेलमा निर्धारित दुरी २ मिनेट २७।३६ सेकेन्डमा पुरा गर्दै फुलमतिले स्वर्ण जितिन्। फूलमतीले यसअघि १५ सय मिटर दौडमा पनि स्वर्ण जितेकी थिइन्।
त्यस्तै बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो। सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन्। सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन्। पुरुष ४०० मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुले ५३।५३ सेकेन्डबाट स्वर्ण पदक जिते। त्यस्तै एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा पुलिसकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्।
चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। चन्द्रकलाले आर्मी क्लबकी लक्ष्मी थारुले १३ औं सागमा बनाएको ४५।२७ मिटरको कीर्तिमान भंग गरेकी हुन्। यस स्पर्धामा लक्ष्मीले ४५।४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन्। कास्य जितेकी एपीएफकी सिमा चौधरीले ४५।२० मिटर थ्रो गरिन्। पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन्। रोहितले ६४।२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। एपीएफका रमेश पोखरेलले ५५।४३ मिटर थ्रो गर्दै रजत जिते। एपीएफकै मनोज डगौराले ५३।३९ मिटर थ्रो गर्दै कास्य हात पारे।











