एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीलाई रग्बीतर्फ स्वर्ण
एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो।
कास्की, कात्तिक २ : एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन्।
एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो। पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन नसक्दा पराजित भएको हो। लुम्बिनी पहिलो हाफमा लुम्बिनीले ७ अंक ल्याउँदा एपिएफले ५ अंक लिएको थियो। एपिएफको लागि पहिलो हाफमा निरोजले ५ अंक जोडेका थिए।
लुम्बिनीका लागि विजयले ७ अंक लिएका थिए। दोस्रो हाफलमा लुम्बिनीले अंक थप्न नसक्दा एपिएफले पाँच अंकका साथ च्याम्पियन बन्यो। दोस्रो हाफलमा लक्ष्मणले पाँच अंक लिएका थिए। यता महिलातर्फ आर्मीले एपिएफलाई १०–० ले पराजित गर्यो। पहिलो हाफमा आर्मीले १० अंक बटुलेको थियो।
पहिलो हाफमा आर्मीको लागि विशाखा समिताले समान पाँच अंक जोडे। दोस्रो हाफलमा कुनै अंक नजोड्दा आर्मी विजयी भयो। महिलातर्फ कास्य पदक सुदूरपश्चिम र पुरुषतर्फ गण्डकी प्रदेशले जितेको छ।
सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० अंक ले पराजित गर्यो। तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीले आर्मीलाई १०–५ अंकले पराजित गर्यो।











