Kathmandu Press

एमालेबिना देशको विकास र समृद्धि सम्भव छैन : उपाध्यक्ष पौडेल

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिँचाइ, शिक्षा,स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गरे।
एमालेबिना देशको विकास र समृद्धि सम्भव छैन : उपाध्यक्ष पौडेल

रूपन्देही, कात्तिक २ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेबिना देशको विकास र समृद्धि सम्भव नभएको बताएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिँचाइ, शिक्षा,स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गरे।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए। उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए।

रुपन्देही-२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको   मंसिर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे।

उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरुले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचार प्रसार आवश्यक रहेको बताए।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्