‘दिल्ली–काठमाडौं सम्बन्धको आधार : जनस्तरको सुदृढ सम्बन्ध’
दीपावलीका अवसरमा दिल्लीमा आयोजित कार्यक्रममा उनले नेपाल-भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताएका हुन्।
नयाँ दिल्ली, कात्तिक २ : भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्धको आधार दुई देशका जनाताबीचको सुदृढ सम्बन्ध भएको बताएका छन्।
दीपावलीका अवसरमा दिल्लीमा आयोजित कार्यक्रममा उनले नेपाल-भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताएका हुन्।
भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका जनताबीचको सहकार्य र साझेदारीलाई प्रवर्धन गर्दै उनीहरूलाई स्नेहको सूत्रमा जोड्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राजदूत शर्माले जनताजनता, सभ्यता र धर्मको सम्बन्ध कहिल्यै पनि टुट्न नसक्ने, देशमा भिन्नता भए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै देश लाग्नुपर्नेमा जोड दिए।
जनता–जनताबीचको सम्बन्ध बलियो हुँदा नै नेपाल–भारत सम्बन्ध दिगो हुने बताउँदै राजदूत शर्माले वर्तमान समयमा व्यापार, लगानी र पर्यटनलगायत क्षेत्रबाटै आर्थिक विकासका लक्ष्य हासिल हुन सक्ने यथार्थ प्रस्तुत गरे।
उनले दुवै देशका प्रधानमन्त्रीबाट नयाँ दिल्ली र काठमाडौंको भ्रमणपछिका ६ महिनामा आर्थिक विकासका निम्ति काम भइरहेको बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










