५.९ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोककाे तातोपानीनजिक
काठमाडौं उपत्यका र आसपासको भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो।
काठमाडौं, कात्तिक २ : राष्ट्रिय भूकम्प मापन केन्द्रले आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको जनाएको छ।
उक्त भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोकस्थित नेपाल–चीन सिमाना तातोपानीनजिक रहेको जनाइएकाे छ।
काठमाडौं उपत्यका र आसपासको भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो।
खासगरी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, ओखलढुंगा, चितवनलगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको जनाइएको छ।
भूकम्पको धक्का महसुस गर्ने कतिपय मानिस आत्तिएर घरबाहिर निस्किएका थिए।
प्रकाशित मिति: १५:४६ बजे, बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










