प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति गठन

काठमाडौं, कात्तिक २ : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति गठन गरेको छ । बुधबार प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको हो ।
प्राधिकरणका अनुसार समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यो यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनु पर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ।
समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराइने प्रवक्ता प्राधिकरणले जनाएको छ।
गत आइतबार पोखरामा राष्ट्रिय खेलकुदका दौरान नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।
यो प्रतिवन्ध छानबिन समितिको प्रतिबन्ध नआएसम्म जारी रहने भएको छ प्राधिकरणले जानकारी दिएको छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










