सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

सर्लाही, कात्तिक २ : सर्लाहीको बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवका अनुसार लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीया साजन कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरको हो । आफ्नै कार्यालयमा काम गरिरहेको समयमा कार्कीमाथि तीन जनाले गोली प्रहार गरी भागेको डिएसपी यादवले जानकारी दिए ।
उनका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरी फरार भएका थिए । उनीहरुको खोजी भइरहेको डिएसपी यादवले जानकारी दिए।
प्रहरीका अनुसार कार्कीको दाहिने पाखुरा, कोखा र तिघ्रामा गोली लागेको छ । हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










