Kathmandu Press

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित 

खड्गेले  ७ हजार ८९७ मत ल्याउँदा उनका प्रतिस्पर्धी थरुरले १०७२ मत ल्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित 

काठमाडौं, कात्तिक २ : भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । 

बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खड्गेले शशि थरुरलाई भारी मतान्तरले पराजित गर्दै कांग्रेसको अध्यक्ष निर्वाचित भएका हुन् । खड्गेले  ७ हजार ८९७ मत ल्याउँदा थरुरले १०७२ मत ल्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

नवनिर्वाचित खड्गको गान्धी परिवारसँग निकट सम्बन्ध छ । त्यसकारण उनी सहज ढंगले अध्यक्ष निर्वाचित भएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ । कर्नाटकाका खड्गे दलित समुदायका हुन्। उनको राजनीतिक जीवन निकै लामो छ। 

अहिले उनी भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन्। ८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।

कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो। सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।

प्रकाशित मिति: १४:३२ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्