मंसिर ४ को निर्वाचन उपलब्धि रक्षा गर्ने र उपलब्धिलाई उल्टाउन खोज्नेबीचको लडाई : प्रचण्ड

काठमाडौं, कात्तिक २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनाव सामान्य चुनावमात्र नभई परिवर्तनको रक्षा गर्ने र परिवर्तनलाई उल्टाउन खोज्नेबीचको लडाई रहेको बताएका छन् ।
बुधबार प्रेस सेन्टर ललितपुरले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंसिर ४ को निर्वाचनलाई हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने र उपलब्धिलाई उल्टाउन खोज्नेबीचको लर्डाइका रुपमा लिनुपर्ने बताएका हुन् ।
उनले माओवादीकै नेतृत्वमा अहिलेको परिवर्तन र उपलब्धि हाँसिल भएको बताउँदै माओवादी कमजोर हुँदा प्राप्त उपलब्धि उल्टिन सक्ने खतरा रहेको बताए । त्यसकारण माओवादीलाई हार्ने छुट नभएको प्रचण्डले बताए। ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ,’ उनले भने।
प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको प्रचण्डले बताए । ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










