Kathmandu Press

सन्दीपलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

बुधबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सन्दीपलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

काठमाडौं, कात्तिक २ : नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालते लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ४ दिनको समय दिएको हो । यसअघि थपिएको पाँच दिनको म्याद  सकिएपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । 

१७ वर्षीया किशोरीले लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका थिए । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्दै थिए । बलात्कारको आरोप लागेपछि क्यानले पनि सन्दीपलाई निलम्बन गरेको थियो । 

सन्दीप नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो । त्यसपछि असोज २० गते काठमाडौं आएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्