Kathmandu Press

राजु गुरुङको रिट कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा 

राजु गुरुङको रिट कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा 

काठमाडौं, कात्तिक २ : रुपन्देही–२ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ।

बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन्। 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

सर्वोच्चको आदेशसँगै निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले गुरुङको उम्मेदवारी कायम रहेको सूचना प्रकाशन गरेको थियो ।

आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको छ ।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्