Kathmandu Press

व्यवसाय दर्ता नगरे कारबाही गर्ने काठमाडौं महानगरको चेनावती

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय गर्ने सबैलाई दर्ता गर्न ३० दिनको म्याद दिएको छ।
व्यवसाय दर्ता नगरे कारबाही गर्ने काठमाडौं महानगरको चेनावती

काठमाडौं, कात्तिक २ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय गर्ने सबैलाई दर्ता गर्न ३० दिनको म्याद दिएको छ।

महानगरको राजश्व विभागले सूचना प्रकाशित गरी व्यवसाय दर्ता गर्न सचेत गराएको हो। संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायीले पनि महानगरमा दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ।

महानगरले तोकिएको समयभित्र व्यवसाय दर्ता नगर्ने व्यवसायीलाई कारबाही गर्ने जनाएको छ। यससँगै महानगरले २०७२ ७३ लाई आधार वर्ष मानेर व्यवसाय कर पनि असुल गर्ने भएको छ।

प्रकाशित मिति: ०७:५६ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्