Kathmandu Press

डा. जोशीलाई उम्मेदवारी निष्क्रिय बनाउन समाजवादीको निर्देशन

नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ।
डा. जोशीलाई उम्मेदवारी निष्क्रिय बनाउन समाजवादीको निर्देशन

काठमाडौं, कात्तिक २ : नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ।

एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी निष्क्रिय पार्न २४ घण्टाको समय दिएका हुन्। उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिएको छ।

उम्मेदवारी निष्क्रिय बनाएमा पार्टीका सबै जिम्मेवारीबाट हटाइने चेतावनी दिइएको छ। उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य छन्।

डा. जोशीले डडेल्धुरा १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यो क्षेत्रबाट गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द बोहरा उम्मेदवार छन्।

 

प्रकाशित मिति: ०६:५९ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्