पुरुष फुटबलमा एपीएफ र नेपाल आर्मी फाइनलमा
सुदूरपश्चिम प्रदेशलाई हराउदै एपिएफ र गण्डकी प्रदेशलाई हराउदै हार्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्यो । आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे ।काठमाडौं, कात्तिक १ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा एपीएफ र नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम प्रदेशलाई हराउदै एपिएफ र गण्डकी प्रदेशलाई हराउदै हार्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्यो । आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे ।
खेलको ५८ औं मिनेटमा सुदिलले निर्णायक गोल गरे । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए । मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफले आर्मीसँग स्वर्ण पदक भिडान्त पक्का गरेको हो ।
एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १–१ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए ।
एपीएफले अब स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।











