Kathmandu Press

माओवादीले थप्यो बागी उम्मेदवारी फिर्ता लिने समय 

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको जानकारी दिए ।
माओवादीले थप्यो बागी उम्मेदवारी फिर्ता लिने समय 

काठमाडौं, कात्तिक १ : नेकपा (माओवादी केन्द्र) सत्ता गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको जानकारी दिए । माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो ।

आज मङ्गलवार फेरि अर्को विज्ञप्तिमार्फत थप समय दिइ उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । यस समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्