तीन दिनको मौसम पूर्वानुमान, कतै वर्षा र हिमपात, कतै हावाहुरी!
काठमाडौं, मंसिर २७ : पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी मौसममा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
....काठमाडौं, मंसिर २७ : पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी मौसममा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ ।
शुक्रबार दिनभरी देशका पश्चिमि उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने जनाएको छ ।
यस्तै देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि सम्भावना रहेको छ।
आज राती देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।
यस्तो छ शुक्रबार, शनिबार र आईतबारको मौसमको अवस्था :











