Kathmandu Press

ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने

चुनावी अभियानअन्तर्गत ओलीले आगामी शुक्रबार (कात्तिक ४ गते) सर्वसाधारणसँग टेलिफोन संवाद गर्न लागेका हुन् । उनले संवादका नम्बर पठाउन पनि आग्रह गरेका छन् ।
ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने

काठमाडौं, कात्तिक १ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने भएका छन् ।

चुनावी अभियानअन्तर्गत ओलीले आगामी शुक्रबार (कात्तिक ४ गते) सर्वसाधारणसँग टेलिफोन संवाद गर्न लागेका हुन् । उनले संवादका नम्बर पठाउन पनि आग्रह गरेका छन् ।

कोसँग कुराकानी गर्ने भन्ने तय ओलीको सचिवालयले गर्ने छ । ओलीको फेसबुक पेजमा पठाइएका नम्बरबाट उनको सचिवालयले छानेर आफैँ फोन गर्ने जनाईएको छ । 

प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्