Kathmandu Press

हत्या भएकाे तीनदिनपछि आफन्तले बुझे दुई किशाेर किशाेरीकाे शव

हत्या भएकाे तीनदिनपछि आफन्तले बुझे दुई किशाेर किशाेरीकाे शव

काठमाडाैं, कात्तिक १ : दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा हत्या गरी खाल्डाेमा पुरिएकाे अवस्थामा फेला परेकाे दुई किशाेर किशाेरीकाे शव तीन दिन पछि आफन्तले बुझेका छन।

असाेज ३० गते हत्या भएकाे दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र साेही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव मंगलबार दिउँसो आफन्तले बुझेका हुन् ।

स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो उनीहरूकाे शव परिवारले बुझेका छन। यसअघि दोषीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने भन्दै मृतकका आफन्तले पोष्टमार्टम गर्न समेत गर्न दिएका थिएनन।

मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकरी दिए ।

उनीहरुको शव शीतलपुरमा बबई नदी किनारमा अन्त्येष्टि हुँदैछ ।

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्