‘गठबन्धनको जित सुनिश्चित छ, झुटको खेती गर्ने उम्मेदवार पाखा लाग्छन्’

काठमाडौं, कात्तिक १ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले विकासका काममा ल्याएका बजेटमा भष्ट्रचार गरेको आरोप लगाएकी छन् ।
नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिले शुभ दिपावली छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै भुसालले जनताले अब झुटको खेती गर्ने उम्मेदवारलाई यो निर्वाचनमा पाखा लगाउने बताइन्।
भुसालले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणको लागी गठबन्धन गर्नुपरेको जिकिर गर्दै आगामी निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिन् । उनँले अर्घाखाँचीबाट पटक पटक जनताले भोट दिएर रायमाझीलाई जिताएर ससदमा पठाएको तर रायमाझीले विकासको नाममा ल्याएको बजेट आफु र आफ्ना आसेपासेलाई पोस्नु शिवाय केही काम नगरेको बताइन् ।
अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहेकी भुसालले अब गठबन्धनका नेताहरुलाई हार्ने छुट नभएको बताउँदै सबै गठबन्धनका नेता कार्यकर्ताहरुलाई इमान्दारिताका साथ चुनावमा होमिएर जीत हासिल गर्न आग्रह गरिन्।
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका लागी गठबन्धनका तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट टोप बहादुर रायमाझी बीच प्रतिस्पर्धा हुदैछ ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










