पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न सक्दैन : श्रममन्त्री

काठमाडौं, कात्तिक १ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताएका छन्।
मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एक अर्काको अस्तित्व स्वीकारबाट मात्र चल्ने बताएका हुन्।
उनले विज्ञान र प्रविधिको उपयोगबारे अछामका युवाहरुले पनि बुझेकाले त्यो बुझाईलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा सत्ता गठबन्धनमा मत हालेर प्रटक गर्ने आफूले विश्वास लिएको बताए। सत्ता गठबन्धनबाट अछाम क्षेत्र नम्बर १ का साझा उम्मेदवार रहनुभएका मन्त्री कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गरे । त्यस्तै उहाँले भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावक समेत रहेकाले एमालेले टिकट नदिएर सही वा गलत गर्यो भन्ने कुरा जनताले फैसला गर्ने बताए।
कार्यक्रमा अछाम क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार मेघराज खड्काले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण सुदुरपश्चिम धेरै सम्भावना बोकेको क्षेत्र भएकाले त्यसलाई नमुना र समृद्ध प्रदेश बनाउन भूमिका खेल्ने गरी आफूले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको बताए।
त्यस्तै मन्त्री कुँवरले आफूले श्रम मन्त्रालय सम्हालेको ४ महिनाको बीचमा श्रमिकको हक हित सुरक्षित गर्ने, श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्ने, श्रमिको उपचारमा लाग्ने खर्चलाई अनलाइन प्रणालीबाट भुक्तानी दिनेलगायत काम गरेको दाबी गरे।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










