Kathmandu Press

पुलिसले जित्यो महिला क्रिकेटको स्वर्ण

मंगलबार पोखरा रंगशालामा भएको विभागीय डर्बी फाइनलमा एपीएफलाई ५ रनले हराउँदै पुलिसले स्वर्ण जितेको हो।
पुलिसले जित्यो महिला क्रिकेटको स्वर्ण

पोखरा, कात्तिक १ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ। मंगलबार पोखरा रंगशालामा भएको विभागीय डर्बी फाइनलमा एपीएफलाई ५ रनले हराउँदै पुलिसले स्वर्ण जितेको हो।

यसअघि पुरुष क्रिकेटको स्वर्ण पनि पुलिसले नै जितेको थियो । पुलिसले राष्ट्रिय खेलकुदलाई नै लक्षित गरेर केही महिना अघि मात्र महिला क्रिकेट टिम निर्माण गरेको थियो । पहिलो सहभागीता मै उसले स्वर्ण जित्यो।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपिएफले ७ विकेटको क्षतिमा ८४ रन मात्र बनाउन सक्यो। एपिएफका रोमा थापाले सर्वाधिक २६ र राजमती ऐरीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा पुलिसका ईश्वरी विष्टले २ तथा रुविना क्षेत्री, सबनम राई र हिरन्मई रोयले समान १ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनायो। पुलिसका लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाउँदा सम्झना खड्काले २१, कविता कुँवरले ११, कविता जोशीले अविजित १३ रन बनाए ।

एपीएफका लागि बलिङमा नेरी थापा, इन्दु वर्मा र सीता राना मगरले  समान १ विकेट लिए ।

लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले कास्य जितेको छ।

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्