Kathmandu Press

चुनावपछि पनि गठबन्धनकै सरकार बन्छ : प्रधानमन्त्री देउवा 

चुनावपछि पनि गठबन्धनकै सरकार बन्छ : प्रधानमन्त्री देउवा 
फाइल तस्बिर

काठमाडौं, कात्तिक १ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि गठबन्धनकै सरकार बन्ने बताएका छन् । मंगलबार सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताएका हुन्। 

प्रधानमन्त्री देउवाले विरोधीहरुले जेसुकै भनेपनि गठबन्धनको सरकार राम्रै चलेको बताए । फेरिपनि गठबन्धनकै सरकार बनाउनका लागि पार्टी फरक भएपनि गठबन्धनका उम्मेदवारलाई भोट हाल्न हिचकिचाउन नहुने उनले बताए ।  मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ,’ उनले भने,  ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’
 
उनले पूर्वप्रधानमन्त्री केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको बताए। ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो(यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं।राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन्,’ देउवाले भने, ‘त्यही काम बिहान ६(७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’

प्रधानमन्त्री देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे  छन् ।


 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, कात्तिक १, २०७९