केदारनाथमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु
हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै गरेको बताइएको छ। टेकअफ भएको केही समयमै हेलिकोप्टर दुर्घटना भएको बताइन्छ।
काठमाडौं, कात्तिक १ : भारतको प्रसिद्ध तीर्थस्थल केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना भएको छ। केदारनाथबाट २ किलोकटर टाढा रहेको गरुड चट्टीमा भएको सो दुर्घटनामा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उक्त हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै गरेको बताइएको छ। टेकअफ भएको केही समयमै हेलिकोप्टर दुर्घटना भएको बताइन्छ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुश्करसिंह धामीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










