झाँक्रीलाई समर्थन गर्दै कांग्रेसका बागी भुसालले गराए उम्मेदवारी निष्क्रिय
नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको भुसालले बताएका छन्।
गुल्मी, कात्तिक १ : गुल्मी क्षेत्र नं. २ बाट बागी उम्मेदवारी दिएका कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्। उनले एकीकृत समाजनवादीकी रामकुमारी झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।
नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको भुसालले बताएका छन्।
सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाँक्री र कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुने विश्वास व्यक्त गरेका थिए।
प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










