मिस वर्ल्ड प्रतियोगितामा अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड
काठमाडौं, मंसिर २७ः मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् ।
नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी श्र....

काठमाडौं, मंसिर २७ः मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् ।
नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी श्रेष्ठले मल्टिमिडिया अवार्ड हात पारेकी हु्न् । मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् । साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने जनाएकी छिन् ।
लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको बाटो खुलेको छ ।
मिस बल्डमा नेपालसहित बिश्वभरबाट १ सय २५ देशका सुन्दरी सहभागी छन् । मिस बल्डको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुनेछ ।












