Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद : जयरानीले जितिन् कीर्तिमानी तेस्रो स्वर्ण 

नवौं राष्ट्रिय खेलकुद : जयरानीले जितिन् कीर्तिमानी तेस्रो स्वर्ण 

काठमाडौं, कात्तिक १ : त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले कीर्तिमानी तेस्रो स्वर्ण जितेकी छिन् । 

पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न लङ जम्पमा थारुले स्वर्ण जितेकी हुन् । उनले ५.५८ मिटर जम्प गर्दै यसअघिको आफ्नै कीतिर्मान तोडेकी हुन । जयरानीले यसैवर्ष राष्ट्रपति रनिङ शिल्डमा ५.४७ मिटर जम्प गरेकी थिइन् । 

नवौं राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण हो । यसअघि चार सय मिटर र ११० मिटर हडर्ल्समा पनि स्वर्ण जितेकी थिइन् । 

आजको लङ जम्पमा लुम्बिनी प्रदेशकी निशा चौधरीले रजत जितिन् । उनले ५.४९ मिटर जम्प गरिन् । त्यस्तै ५.३१ मिटर जम्प गर्दै सिला चौधरीले कास्य जितिन् ।  

प्रकाशित मिति: ११:१० बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्