Kathmandu Press

बेन्जिमाले जिते बालोन डे’ओर

अघिल्लो सिजन ४६ गोल गरेका उनले बायर्न म्युनिखका साडियो माने र म्यान्चेस्टर सिटीका केभिन डे ब्रुयनलाई पछि पारे।
बेन्जिमाले जिते बालोन डे’ओर

काठमाडाैं, कात्तिक १ : रियल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले प्रतिष्ठित बालोन डे’ओर अवार्ड जितेका छन्। बेन्जिमाले अघिल्लो सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगा उपाधि दिलान महत्वपूर्ण भूमिका खेलेका थिए।

अघिल्लो सिजन ४६ गोल गरेका उनले बायर्न म्युनिखका साडियो माने र म्यान्चेस्टर सिटीका केभिन डे ब्रुयनलाई पछि पारे।

बेन्जिमा सन् १९१८ पछि यो अवार्ड जित्ने पहिलो फ्रेन्च खेलाडी हुन् । त्योबेला जिनेदिन जिदानले यो अवार्ड जितेका थिए। बेन्जिमाका आइडल जितदानले नै यो अवार्ड हस्तान्तरण गरे।

अवार्ड जितेपछि बेन्जिमाले आफूले सानैमा देखैको सपना पुरा भएको बताएका छन्। ‘सधैं सबै प्रकारका सम्भावना सम्भव हुन्छ । मैले आफ्नो खेल जीवनमा तय गरेको यात्राका लागि निकै खुसी छु,’ लामो समयको प्रतिबन्धपछि राष्ट्रिय टिममा पुनरागमन गरेका बेन्जिमाले भने, ‘यो यात्रा पक्कै पनि सजिलो रहेन् । अहिलेसम्मको यात्राका क्रममा म र मेरो परिवारले अनेक समस्याको सामना गर्नु परेको छ ।’

महिलातर्फ यो अवार्ड बार्सिलोनाकी एलेक्सा पुटेलासले जितिन्। रियलकै गोलकिपर थिवो कोर्टुवाले याचित ट्रफी जिते।

इंग्लिस क्लब म्यान्चेस्टर सिटी सिजनकै उत्कृष्ट क्लब बन्दा रोबर्ट लेवान्डोस्कीले गर्ड मलुर र साडियो मानेले सोक्रेट्स अवार्ड प्राप्त गरे। यस्तै, बार्सिलोनाका युवा मिडफिल्डर गाभीले गोल्डेन बोइ अवार्ड प्राप्त गरे।

प्रकाशित मिति: १०:४२ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्