Kathmandu Press

सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

काठमाडौं, कात्तिक १ : शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

जोशीको आइतबार १०३ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनमा शोक मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालयले सूचना जारी गरी जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगमा आज बिदा दिने निर्णय भएको जनाएको छ।

यससँगै शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने पनि सरकारले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: ०६:३८ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्