गठबन्धनका पौडेललाई समर्थन गर्दै बुर्लाकोटीले निष्क्रिय पारे उम्मेदवारी
आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि बुर्लाकोटीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन्।
काठमाडौं, असोज ३१ : चितवन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रप्रसाद बुर्लाकोटीले गठबन्धन उम्मेदवार विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।
आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि बुर्लाकोटीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन्।
उम्मेदवारी फिर्ता लिने समय सकिएकोले उनले उम्मेदवारी निष्क्रिय बनाएका हुन्। आफू स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको र पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले उम्मेदवारी निष्क्रिय पारेको बुर्लाकोटीले बताएका छन् ।
बुर्लाकोटी कांग्रेसका थिए तर उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रकाशित मिति: १८:५० बजे, सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)