सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प
काठमाडौं, मंसिर २६ : सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
बिहीबार साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सेरमाथाङ नजिकक....

काठमाडौं, मंसिर २६ : सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
बिहीबार साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सेरमाथाङ नजिकको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे आसपासका क्षेत्रमा महसुस भएको छ। २०७२ साल बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम जारी छ।
प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











