Kathmandu Press

कांग्रेस प्रवक्ता महतले भने- सत्ता गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको हाे

सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई ट्र्याकमा ल्याएको दाबी गरेका हुन्।
कांग्रेस प्रवक्ता महतले भने- सत्ता गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको हाे

काठमडाैं, असाेज ३१ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गरेका छन्।

सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई ट्र्याकमा ल्याएको दाबी गरेका हुन्।

उनले संवैधानिक अंगमाथि भएको प्रहारपछि बनेको गठबन्धन सरकारले कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको बताए। प्रवक्ता महतले स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगबाट गरिसकेकाले अब आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको बताए।

उनले बागी उम्मेदवारहरुलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न आग्रह समेत गरे। उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवारी दिनुपर्ने बाध्यता आइपरेको बताए। गठबन्धन हुँदा कतिपय योग्य नेताहरु टिकटबाट वञ्चित हुन पुगेपनि लोकतान्त्र संस्थागत गर्न र संविधान बचाउन तथा त्यसको कार्यान्वयन गराउन लागिपरेको भन्दै उनले यसमा पार्टी र गठबन्धनका सबै नेताको साथ सहयोग हुने आशा रहेको बताए।

त्यस्तै उनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न आग्रहसमेत गरे।

उनले कांग्रेसले अन्य दलहरुले जस्तो धेरै बोल्ने, तर काम नगर्ने चरित्र नअपनाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले आफ्नो विश्वासको मत दिनेमा ढुक्क रहेको बताए। प्रवक्ता महतले वर्तमान सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने अवस्था सिर्जना गरेको भन्दै चुनावपछि कांग्रेसकै नेतृत्वको गठबन्धनको सरकार हुने समेत जिकिर गरे। उनले सत्ता गठबन्धनले नेपालको स्वार्थ र आवश्यकता केन्द्रित विदेश नीति अपनाउने बताए।

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्