Kathmandu Press

काठमाडौं–१ मा कम्युनिस्ट किल्ला आफूले भत्काएको नेता सिंहकाे दाबी

उनले मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको बताए।
काठमाडौं–१ मा कम्युनिस्ट किल्ला आफूले भत्काएको नेता सिंहकाे दाबी

काठमाडाैं, असाेज ३१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले भत्काएको दाबी गरेका छन्।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले सोमबार पत्रकार सम्मेलन मार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै २०४८ सालदेखि कम्युनिस्ट दल विजयी भएकोमा २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे बताए। उनले मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको बताए।

चुनिएर गएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको भन्दै उनले यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको दाबी गरे। उनले राष्ट्रिय राजनीतिको ध्यान काठमाडौं १ मा परेको भन्दै राजनीति दृष्टिकोणबाट काठमाडौं १ बाट विशेष महत्व रहेको उल्लेख गरे।

आफू निर्वाचित भएर गएपछि संसद र संविधान सभामा मात्रै नभएर विकास निर्माणमा समेत उल्लेख्य काम गरेको उनले जिकिर गरे। नेता सिंहले आफू काठमाडौंबाट निर्वाचित भएर सरकारको उपप्रधानमन्त्रीसम्म बनेको भन्दै त्यसमार्फत कांग्रेसले क्षेत्र नं. १ का जनतालाई गरेको सम्मानको रुपमा बुझ्नुपर्ने बताए। नेता सिंहले संविधानको रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई मतदान गर्न आग्रह समेत गरे।

उनले संघीय संविधान जारी भएको यतिका वर्ष बित्दा पनि संविधानका मुलभूत मुद्दाहरूमै सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नसकेको आरोप लगाए। आसन्न निर्वाचनले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलको जित महतवपूर्ण हुने नेता सिंहले बताए।  उनले निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रतिबद्धता समेत जनाए। 

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्