Kathmandu Press

शताब्दी पुरुषको शोकमा भोलि सार्वजनिक बिदा 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज (सोमबार) एक विज्ञप्ति जारी गरी मंगलबारका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।
शताब्दी पुरुषको शोकमा भोलि सार्वजनिक बिदा 

काठमाडौं, असोज ३१ : सरकारले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (कात्तिक १ गते मंगलबार) सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज (सोमबार) एक विज्ञप्ति जारी गरी मंगलबारका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

त्यसैगरी जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा झुकाउने निर्णय पनि भएको बताइएको छ।

आइतबार जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए। तदनुसार भोलिका लागि बिदा दिइएको हो।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 

311885360_857848251904157_4084413946558231810_n-11666006784.jpg

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्