तस्बिरमा ६७औं प्रहरी दिवस
दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताए।
काठमाडाैं, असाेज ३१ : ६७औं प्रहरी दिवसका अवसरमा देशभरिका प्रहरी कार्यालयहरुमा सोमबार विविध कार्यक्रमको आयोजना गरिएको छ।
1666003311.jpg)
दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताए।
 (1)1666003316.jpg)
उहाँले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रशसा हुने गरेको बताए। उनले प्रहरीलाई समयसँगै बदलिन निर्देशन दिए। उनले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा समपन्न गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे। मंसिर ४ को निर्वाचन शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए।
1666003315.jpg)
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अहिले संसारभर आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गरे। उनले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न गृह मन्त्रालय सदैव तत्पर रहेको बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीले जनताको शान्ति सुरक्षालाई प्रमुख जिम्मेवारी ठान्दै काम गरिरहेको बताए। दिवसका अवसरमा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ३९ वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका सिंहलाई प्रधानमन्त्री देउवाले उक्त अवार्ड प्रदान गरे।

कार्यक्रममा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई समेत सम्मान गरिएको छ। कार्यक्रममा एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएको थियो ।

1666003314.jpg)
1666003313.jpg)
1666003313.jpg)
1666003311.jpg)
1666003310.jpg)

1666003309.jpg)


1666003308.jpg)
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










