Kathmandu Press

किराँत समुदायले मनाए उधौली पर्व (फोटो फिचर)

काठमाडौं, मंसिर २६ : काठमाडौं उपत्यकामा रहेका किराँत समुदायले उधौली पर्व भव्यरुपले मनाएका छन्।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने उधौली ....

किराँत समुदायले मनाए उधौली पर्व (फोटो फिचर)
रिवाज राई

काठमाडौं, मंसिर २६ : काठमाडौं उपत्यकामा रहेका किराँत समुदायले उधौली पर्व भव्यरुपले मनाएका छन्।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने उधौली पर्वलाई किराँत समुदायले भव्यताका साथ मनाएका हुन्।

ललिपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरमा विशेष कार्यक्रम गरी किराँत समुदायले उधौली पर्व मनाएका हुन्। किराँत समुदायले आजको दिनलाई आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनका रुपमा लिने गर्दछन्। 

किराँत समुदायका व्यक्तिहरु जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने गर्दछन्।


 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, मंसिर २६, २०७६