Kathmandu Press

स्क्वासमा गण्डकीका अमृत थापा मगरलाई पुरुष व्यक्तिगतमा स्वर्ण

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अरहन्तकेशर सिम्हलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
स्क्वासमा गण्डकीका अमृत थापा मगरलाई पुरुष व्यक्तिगतमा स्वर्ण

कास्की, असाेज ३१ : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत स्क्वासमा गण्डकीका अमृत थापा मगरले पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन्। 

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अरहन्तकेशर सिम्हलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते। उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए। खेलमा पहिलो सेटमा थापाले १२–१० मा लिदैं अगाडि बढे।

दोस्रो सेटमा ८–११ ले गुमाए। तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे। तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते।

दोस्रो पटक हार व्यहोरेका अरहन्तले रजत पदक प्राप्त गरे बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कांस्य पदक जितेकाछन्।

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्