बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने माओवादी केन्द्रकाे निर्णय
पार्टी नीति उल्लंघन गर्दै गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर निर्धारित मिति र समयभित्र सो उम्मेदवारी फिर्ता नलिने नेताकार्यकर्ता, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासन गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडाैं, असाेज ३१ : नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी नीतिविपरीत बागी उम्मेदवारी दिने तथा तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
पार्टी नीति उल्लंघन गर्दै गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर निर्धारित मिति र समयभित्र सो उम्मेदवारी फिर्ता नलिने नेताकार्यकर्ता, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासन गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारले पार्टी एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गते (आज सोमबार) भित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरे वा आफ्नो उम्मेदवारी निष्क्रिय गराएको खण्डमा भने उनीहरुउपरको कारबाही फिर्ता लिइने पनि विज्ञप्तिमा जनाइएको छ।
‘यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारका विरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
त्यसमा अगाडि भनिएको छ, ‘निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेद्वारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराए त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपर कारबाही फिर्ता लिइने व्यहोरा सबै पार्टी पंक्तिलाई जनाकारीका लागि निर्देशनअनुसार अनुरोध छ।’
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










