निरन्तर नाफामा रहेकाे आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेका कारण निगम नाफामा छ। तिहार, छठलगायत पर्वलाई ध्यान दिएर भाउ घटाउनुर्ने माग उठिरहे पनि निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो।
काठमाडाैं, असाेज ३० : असाेज नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने भएको छ। भारतीय आयल कर्पोरेसनबाट नियमित रूपमा भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन नगर्ने भएको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेका कारण निगम नाफामा छ। तिहार, छठलगायत पर्वलाई ध्यान दिएर भाउ घटाउनुर्ने माग उठिरहे पनि निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो।
निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य फेरि बढ्न थालेको र इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने रकम धेरै रहेको उल्लेख गर्दै आयल निगमले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘निगमको यस विषम परिस्थिति र बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।’
इन्डियन आयल कर्पोरेसन लिमिटेडले आइतबार नयाँ मूल्य सूची पठाएको छ। जसअनुसार निगमलाई पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा नाफा हुने भएको छ। पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ। तर डिजेलमा प्रति लिटर ६ रुपैयाँ ३४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३२५ रुपैयाँ ४४ पैसा घाटा रहेको निगमको भनाइ छ।
आइतबार पहिलाको तुलनामा केही भाउ बढेर आए पनि निगमलाई १५ दिनमा ३९ करोड रुपैयाँ नाफा हुने विज्ञप्तिमा उल्लेख छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










