अपराध अनुसन्धान गर्दा कसैको दबाबमा नपर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असोज ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध अनुसन्धान गर्दा कसैको दबाबमा नपर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अपराध अनुसन्धान प्रहरीको दायित्व भएका कारण कसैको दबाबमा नपर्न निर्देशन दिएका हुन् ।
‘कसैको दवाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पुरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।
उनले मंसिर ४ गते हुने निर्वाचन भयरहित ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र भयरिहत ढंगले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।
उनले भूकम्प र कोभिड–१९ महामारीको समयमा प्रहरीले खेलेको भूमिकाको पनि प्रशंशा गरे । प्रधानमन्त्ती देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताए। उनले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










