Kathmandu Press

कार्यकर्तालाई शेखर कोइरालाको आग्रह– शेरबहादुर जी र म मिलिसक्यौं, तल झगडा नगर्नुस्

कार्यकर्तालाई शेखर कोइरालाको आग्रह– शेरबहादुर जी र म मिलिसक्यौं, तल झगडा नगर्नुस्

काठमाडौं, असोज ३१ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू र पार्टी सभापति शेरबहादुर देउवा मिलिसकेको बताएका छन् । मोरङको सुन्दरहरैंचामा पार्टीको कार्यक्रममा बोल्दै नेता कोइरालाले केन्द्रीय स्तरमा दुई नेताहरु मिलिसकेको अवस्थामा वडामा कार्यकर्ताहरु झगडा गर्नुको तुक नरहेको बताएका हुन् । 

उनले कार्यकर्ताहरुलाई पार्टीको महाधिवेशन र स्थानीय निर्वाचनको तुष त्याग्न अनुरोध गरेका छन् । ‘स्थानीय निर्वाचन के भयो । अधिवेशनमा के भयो । अधिवेशन त नेपाली कांग्रेस भित्रको प्रतिस्पर्धा हो । त्यो तुषलाई तपाईहरु सबैले त्याग्नु । मैले त त्यागिसकें । तपाईँहरुले किन नत्याग्ने मैले बुझेको छैन,’ उनले भने ।

उनले महाधिवेशनको लडाई समाप्त भइसकेको र अब पार्टीलाई एकीकृत बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘अब त्यो लडाईँ समाप्त भइसक्यो । शेबहादुर जी र म एकै ठाउँमा उभिएका छौं । म पटकपटक गएर शेरबहादुर जी सँग भेटिरहेको छु । मेरा कुरा सुनिरहनुभएको छ । मेरा कुरा मानिरहनुभएको छ। भने तपाईहरु तल किन लडिरहनुभएको छ मैले बुझेको छैन । केका लागि लडिरहनुभएको छ । के पाउनुहुन्छ ? केही पनि पाउनुहुन्न,’ उनले भने ।   
 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्