महानगरले ठेला खोसेको महिलालाई हर्क साम्पाङले गरे ५० हजार सहयोग

काठमाडाैं, असाेज ३१ : काठमाडौं महानगरपालिकाबाट ठेला खोसिएकी शर्मिला तामाङलाई धरानका मेयर हर्क साम्पाङले आर्थिक सहयोग गरेका छन् । साम्पाङले आफ्नो घोषणाअनुसार नै तामाङलाई पचास हजार रुपैयाँ सहयोग गरेका हुन् । मेयर साम्पाङले एक युट्युबरमार्फत ती महिलालाई आर्थिक सहयोग गरेका हुन्।
महानगरले ठेला खोसेपछि विचल्ली परेकी महिलाको तस्वीर सामाजिक सञ्जाल र पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशन गरेको थियो । यसबारेमा सामाजिक सञ्जालमा काठमाडौंका मेयर बालेनको चर्को विरोध भएको थियो । त्यसपछि धरानका मेयर साम्पाङले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका थिए।
सोहीअनुसार उनले सहयोग रकम पठाएका हुन् । आर्थिक सहयोगपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहिनी कहिल्यै हरेस नखानु।।। मान्छे त हरेक दिन जन्मन्छ मर्छ तर मानवता कहिल्यै मर्दैन र मर्नु हुँदैन ! हामीले गर्ने राजनीतिले कसैको गाँस नखोसोस् १ धनी त धनी भइहाल्यो नि गरीबको लागि बन्नु पर्छ सरकार भन्ने मेरो भनाइ हो ।’
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










