Kathmandu Press

मनसुन बाहिरिएसँगै देशभरको मौसममा सुधार

नेपालबाट मनसुन बाहिरिएसँगै देशभरको मौसममा सुधार आएको छ।
मनसुन बाहिरिएसँगै देशभरको मौसममा सुधार

काठमाडौं, असोज ३१ : नेपालबाट मनसुन बाहिरिएसँगै देशभरको मौसममा सुधार आएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। जसले गर्दा देशभरको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिन पनि देशभरको मौसम सफा रहने विभागले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

 

प्रकाशित मिति: ०६:४८ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्