Kathmandu Press

शताब्दी पुरुषकाे ‘राष्ट्रिय सम्मान’का साथ अन्तिम बिदाइ (तस्बिरहरू)

२४ दिनदेखि किस्ट अस्पतालमा उपचाररत उनको आज (आइतबार) बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको हो।
शताब्दी पुरुषकाे ‘राष्ट्रिय सम्मान’का साथ अन्तिम बिदाइ (तस्बिरहरू)

काठमाडौं, असोज ३० : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिएको छ।

२४ दिनदेखि किस्ट अस्पतालमा उपचाररत उनको आज (आइतबार) बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको हो। जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो। जोशीको पार्थिव शरीरमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको छ।

CKK_KTM-06921665926479.jpg

प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान समाभुख अग्नि सापकोटा, संस्कृति पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत ललितपुर महानगरपालिकामा पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरे। त्यस्तै शुभेच्छुक लगाएत सर्वसाधारणले पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरे।

CKK_KTM_SatymohanJoshiDethBody(7)1665926478.jpg

पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गंगबाट समेत सङ्क्रमित भई  असोज ७ गते अस्पतालमा भर्ना भई उपचाररत थिए। उनको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राखिनेछ।

CKK_KTM_SatymohanJoshiDethBody(5)1665926477.jpg

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो।

CKK_KTM_SatymohanJoshiDethBody(4)1665926476.jpg

ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुन्। उनी तीन पटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति हन्। ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो्। त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए।

CKK_KTM_SatymohanJoshiDethBody(3)1665926476.jpg

CKK_KTM_SatymohanJoshiDethBody(9)1665926475.jpg

CKK_KTM_SatymohanJoshiDethBody(1)1665926474.jpg

CKK_KTM_SatymohanJoshiDethBody(10)1665926473.jpg

 

 

 

 

CKK_KTM_SatymohanJoshiDethBody(11)1665926472.jpg

CKK_KTM-IMG_59901665926471.jpg

CKK_KTM-04971665926482.jpg

CKK_KTM-05181665926482.jpg

CKK_KTM-05261665926480.jpg

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्