Kathmandu Press

यी हुन् एसियाका १० कामुक महिलाहरू

लण्डन, मंसिर २६ : बुधवार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले गरेको अनलाइन भोटिङमा बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै&....

यी हुन् एसियाका १० कामुक महिलाहरू

लण्डन, मंसिर २६ : बुधवार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले गरेको अनलाइन भोटिङमा बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा कामुक (सेक्सी) महिलाकोमा छनोट भएकी छन्। 

उक्त भोटिङमा बलिउडकी अर्की नायिका दीपिका पादुणकरले दोस्रो स्थान हासिल गरेकी छिन्। साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले आलियाका लागि सन् २०१९ सबैभन्दा उत्कृष्ट वर्ष भएको बताएको छ। पत्रिकाका अनुसार आलियाले यो वर्ष अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गल्ली बोइ’ लाई सन् २०२० को ओस्करका लागि मनोनीत पनि गरिएको छ।

आलियाले आफ्नो पक्षमा भएको भोटिङले आफु निकै खुसी भएको बताएकी छन्। आलियाले भनेकी छिन् ‘हामी बुढा–बुढी हुन्छौं, कस्तो देखिन्छौं त्यो समयसँगै परिवर्तन हुन्छ तर तपाईं मनबाटै सुन्दर हुनुहुन्छ भने तपाईं सधैं सुन्दर हुनुहुन्छ र हामीले यही कुरामा ध्यान दिनुपर्छ ।’

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुणकर यसपटक दोस्रो भएकी हुन्।   एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी छिन्।

यस्तै, चौथो स्थानमा माहिरा खान छिन् । यसका साथै माहिरा खानले लगातार पाँचौं वर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधि आफ्नो भागमा पार्न सफल भएकी छिन्।

यो वर्षको शीर्ष १० को सूचीमा सुरभि चन्दनाले पाँचौं, कट्रिना कैफले छैटौं, शिवांगी जोशीले सातौं, निया शर्माले ८ औं, मेहविश हयातले ९ औ र प्रियंका चोपडाले १० औं स्थान हासिल गरेका छन् ।
 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्