Kathmandu Press

रूपन्देही-२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश 

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश जारी गरेको हो । 
रूपन्देही-२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश 

काठमाडौं, असोज ३० :  रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको छ। आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश जारी गरेको हो । 

सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग लगायतका विपक्षीसँग कारण समेत माग गरेको छ । अन्तरिम आदेशका लागि लागि सर्वोच्चले दुबै पक्षलाई कात्तिक २ गते छलफलमा बोलाएको छ। 

रुपन्देही–२ मा गठबन्धनका तर्फवाट उम्मेदवार भएका गुरुङको उम्मेदवारी खारेजी भएको थियो। यसअघि उक्त मुद्दा शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको थियो। तर, निवेदकले नै स्थगित गरेका थिए। 

निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरेपछि गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए। उनीविरुद्ध बैंकिङ कसूरमा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो। उक्त क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्। 

प्रकाशित मिति: १८:०१ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्