Kathmandu Press

काठमाडाैं- २ मा वाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति गठन

काठमाडाैं- २ मा वाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति गठन

काठमाडौं, असोज ३० : वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
 
आज यहाँ आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुविर शर्माको संयोजकत्वका निर्वाचन परिचालन समिति गठन गरिएको हो। सो समितिमा गठबन्धन दलमा आवद्ध सबै दलका क्षेत्रीय समिति मातहतका नेता तथा कार्यकर्ता सदस्य छन्।

सो निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभातर्फ पूर्व सभामुख ओनसरी घर्ती उम्मेदवार हुनुहुन्छ । यस्तै प्रदेशसभातर्फ भरतप्रसाद फुयाल र धु्रव केसी उम्मेदवार छन् । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको उपस्थितीमा उक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो। 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्